काठमाडौँ । स्याङ्गजा समाज अमेरिका इंकद्वारा सरीता विक (सरू) सम्मानित भएकी छन् । जातिय विभेद र मानव अधिकारका विषयमा समाजमा पुर्याएको योगदानको कदर गर्दै विकलाई समाजले सम्मानित गरेको हो ।
विकलाई सम्मानित गर्दै समाजले भनेको छ, “तपाई सरीता वि.क. ले नेपाली समाजमा जातिय विभेद, छुवाछुत र मानव अधिकारका विषयमा विश्वको ध्यान आकृष्ट गराई जातिय विभेद र मानव अधिकारका विषयमा पुरयाउनु भएको कार्यको उच्च कदर गर्दै स्याङ्गजा समाज अमेरिका हार्दिक सम्मान प्रकट गर्दछौ । तपाईका यि समाजिक अभियानको पूर्ण सफला मिलोस तथा उज्वल भविष्यको कामना गर्दछौ ।”
