स्याङ्जा सहयोग समाज यूरोपको प्रथम भेला मे ७ र ८ मा हुने
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको १७औ नियमित पुर्ण बैठकको निर्णय बमोजिम नेपाली नयाँ बर्ष २०८० को पावन अवसरमा तय गरिएको शुभकामना आदानप्रदान कार्यक्रम बिबिध कारण र परिस्थिति बस स्थगित गरिएको कुरा सबैलाई अबगत नै छ उक्त कार्यक्रम यहि २०८० बैशाख १६ गते (२९ अप्रिल २०२३)शनिबार साझ ४:३० बजे देखि अनलाइन (जुम) माध्यममा स्याङ्जा जिल्लाका...
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) ले स्याङ्जा समाज फ्रान्सलाई सफलताको शुभकामना व्यक्त गरेको छ । आइसीसीले आगामी अप्रिल २ तारिखका दिन हुन गैरहेको स्याङ्जा समाज फ्रान्सको दोस्रो अधिवेशनका लागि सफलताको शुभकामना व्यक्त गरेको हो । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) का अध्यक्ष टुकराज अर्याल र महासचिव मुक्ति सुवेदीले एक शुभकामना वक्तव्य...
स्याङ्जा समाज जापानको ११ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन यहि मार्च २६ तारिखका दिन जापानमा हुने भएको छ । जापानवासी स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरुको छाता संगठन स्याङ्गजा समाज जापानको ११ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सोलमारी रेष्टुरेन्ट शिनओकुवो जापानमा हुने भएको हो । समाजले उक्त दिन जापानमा बस्दै आएका सम्पूर्ण स्याङजाली दाजु भाई...
स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले स्याङ्गजा समाज जापानको ११ औँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेशन सफलताको शुभकामना व्यक्त गरेको छ । समाजका अध्यक्ष टुकराज अर्याल र महासचिव मुक्ति सुवेदीले एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । समाजको ११ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन यहि मार्च २६ तारिखका दिन सोलमारी रेष्टुरेन्ट शिनओकुवो...