
काठमाडौँ । एनआरएनए एनसीसी युएईले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा स्याङ्गजा सहयोग समाज युएईले तृतीय स्थान हाँसिल गरेको छ ।
अत्यान्तै राम्रो खेल प्रदर्शन गर्दै समाजले तृतीय स्थान प्राप्त गरेको प्रति स्याङ्जा सहयोग समाज, अन्तराष्ट्रिय समन्वय समितिले पनि खूशी व्यक्त गर्दै बधाई ज्ञापन गरेको छ ।
उक्त प्रतियोगितामा प्रथम बिजेताले ७,७७७ दिराम, द्धितीय बिजेताले ४,४४४ दिराम र तृतीय हुने टिमले २,२२२ दिराम नगद, कप, प्रमाण–पत्र र मेडल पायका छन् ।
यहि अप्रिल २ गते आइतबार युएईको अल्कोजको बलेदिया भलिबल क्याम्पको भलिवल ग्राउण्डमा उक्त प्रतियोगिता आयोजना भएको थियो ।