
स्याङ्जा । स्याङ्जा सहयोग समाजको नाम केहि परिवर्तन भई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा विधिवत रुपमा दर्ता भएको छ ।
“समृद्द स्याङ्जाका लागि विश्व अभियान” भन्ने मुख्य नारा लिएर विभिन्न माध्यमबाट विश्वका हरेक क्षेत्रमा रहेका स्याङ्जावासीलाई दुःख सुखको साथी बनेर जिल्लामा हरेक पक्षबाट एकत्रित गर्ने उद्देश्य बोकेको ‘स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति’ आज चैत्र २१ गते पुनः दर्ता भएको हो ।
२०६६ भाद्र १२ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा ‘स्याङ्जा सहयोग समाज’का नाममा दर्ता भई सामाजिक कार्य गर्दै आइरहेको यस संस्थाको संस्थागत काम, नाम र कार्यक्षेत्र अनुसार संस्थाको विधान र नाम संशोधन गरि ‘स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति’का नाममा कायम भएको केन्द्रीय अध्यक्ष टुकराज अर्यालले बताए । संस्थाको नाम विधान र विविध परिवर्तित विषयमा सघाउने सम्पूर्णलाई समाजले विशेष धन्यवाद दिएको छ ।
संस्थाको नयाँ विधान केहि दिनमा अपडेट हुनेछ।