
काठमाडौँ । स्याङ्जा समाज फ्रान्स, राष्ट्रिय समन्वय परिषद् (स्याङ्जा समाज फ्रान्स, एनसिसी) को दोस्रो अधिवेशन सम्पन्न भएको छ । अप्रिल २ आइतबार का दिन (आज) आयोजित समाजको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः अरुण गुरुङ निर्वाचित भएका छन् । गुरुङ यसअघि पनि समाजको अध्यक्ष थिए ।
समाजको सचिवमा उदय राज पाण्डे निर्वाचित भएका छन् । पूर्ण कार्यसमितिको विवरण अपडेट हुँदै छ ।