स्याङजा समाज जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा चित्र गुरुङ (कार्यसमिति)

स्याङजा समाज जापानको छैटौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा चित्र प्हच्यु गुरुङ सर्वसम्मतले निर्वाचित भएका छन् । टोकियो स्थित सोलामारी रेष्टुरेन्टको मुराहल सिनओकोबुमा सम्पन्न भएको स्याङ्गजा समाज जापानको छैटौँ अधिबेशनबाट गुरुङको अध्यक्षमा ३६ सदस्यीय कार्यसमिति २०२३-२०२५ का लागि सर्बसम्मतिले चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ ‘नेपाल तमु धिं जापान’ का पूर्व महासचिब समेत हुन् ।

समाजको वरिष्ठ उपाध्यक्षमा बेद कार्की, उपाध्यक्षहरुमा दिपक न्यौपाने, मनोज अधिकारी, आरमान गुरुङ, सुक केसी, सारा श्रेष्ठ, भुवन गिरी निर्वाचित भएका छन् । यसैगरी महासचिवमा सागर न्यौपाने र कोषाध्यक्षमा हरि न्यौपाने निर्वाचित भएका छन् । सचिवमा रमेश बाबु भण्डारी र समुन्द्र पौडेल, कोषाध्यक्षमा हरि न्यौपाने, सह–कोषाध्यक्षमा सोम गैरे सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी, निर्वाचित सदस्यहरुमा क्रमशः बालकृष्ण ढुँगाना, विनय जंग केसी, कमल लमसाल, मिण भट्टराई, नबीन ढकाल, रामु बस्याल, सुदीप पंगेनी, रमेश राज भट्टराई, केविन भट्टराई, चिरन पौड़ेल, सुमन पौड़ेल , कल्पना खड़का रोका, नारायण खित्र, ईश्वर बस्याल, ईश्वर थापा, विष्णु न्यौपाने,रमा राना, दीपक तिवारी, लक्ष्मण चापागाई, विमला खड़का, अजुर्न प्रसाद रेग्मी, गोबीन्द गुरुङ, पदम चापागाई रहेका छन् ।

समाजका अध्यक्ष ध्रुव ज्ञवालीको सभापतित्व तथा जापान स्थित नेपाली राजदूत डा. दूर्गा बहादुर सुवेदीको प्रमूख आतिथ्यतामा आयोजित कार्यक्रममा स्याङ्जा समाजका पदाधिकारीहरु, एनआरएनए जापानका पदाधिकारीहरु, क्षेत्रीय समिति नागोयाका अध्यक्ष मित्र सिग्देल, महासचिव मनोज ढुङगाना, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस्तो छ निर्वाचित कार्यसमितिको सूचि : 

1. अध्यक्ष – चित्र गुरुङ
2. वरिष्ठ उपाध्यक्ष – वेद कार्की
3. उपाध्यक्ष – दिपक न्यौपाने
4. उपाध्यक्ष – मनोज अधिकारी
5. उपाध्यक्ष – आरमान गुरुङ
6. उपाध्यक्ष – सुक केसी
7. उपाध्यक्ष- सारा श्रेष्ठ
8. उपाध्यक्ष – भुवन गिरी
9. महासचिव – सागर न्यौपाने
10. सचिव – रमेश बाबु भण्डारी
11. सचिव – समुन्द्र पौडेल
12. कोषाध्यक्ष – हरि न्यौपाने
13. सह – कोषाध्यक्ष – सोम गैरे
सदस्यहरु :
14. विनय जंग केसी
15. कमल लम्साल
16. बालकृष्ण ढुङ्गाना
17. पदम चापागाइँ
18. मणी भट्टराई
19. रामु बस्याल
20. सुदिप पँगेनी
21. रमा राना
22. चिरन पौडेल
23. सुदिप पँगेनी
24. गोबिन्द गुरुङ
25. नविन दाहाल
26. चिरन पौडेल
27. केविन भट्टराई
28. रमेश राज भट्टराई
29. सुजन पौडेल
30. नारायण खत्री
31. ईश्वर वस्याल
32. दिपक तिवारी
33. लक्ष्मण चापागाइँ
34. विमला खड्का
35. अर्जुन प्रसाद रेग्मी
36. कल्पना खड्का रोका
37. ईश्वर थापा
38. विष्णु न्यौपाने

Read Previous

स्याङ्जा समाज फ्रान्सको दोस्रो अधिवेशबारे सूचना

Read Next

स्याङ्जा समाज फ्रान्सको दोस्रो अधिवेशन, आइसीसीद्वारा शुभकामना व्यक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *