अक्षय कोष

“समृद्ध स्याङ्जाका लागि विश्व अभियान”
स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति)
Syangja Welfare Community (International Co-ordination Committee)
स्वाः २०६६ (Estd: 2066)
बृहत अक्षयकोष निर्माणार्थ सहयोगको अपिल
“समृद्ध स्याङ्जाका लागि विश्व अभियान”
  

 स्याङ्जा जिल्लाबाट विभिन्न उदेश्य र आवश्यकताले विश्वका विभिन्न देशमा रहनु भएका स्याङ्जाबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु बीच एक आपसमा सु-सम्बन्ध कायम गरि सुख-दुःखमा सहभागी भै आइपर्ने विभिन्न समस्यालाई सामाजिक रुपमा समाधान गर्न तथा गृह जिल्लामा सम्बन्धित निकायहरुसंगको सहकार्यमा जिल्लामा परेका दैबि प्रकोप लगायत आयोजना हुने विभिन्न कार्यक्रममा समाजले आफ्नो सामाजिक उपस्थिति जनाउदै समृद्ध स्याङ्जा बनाउने अभिप्रायले मिति २०६६ सालमा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता (संस्था दर्ता नं. १४०१ ) भएको स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जा हो ।

हामी वैदेशिक रोजगारको सन्दर्भमा प्रवासमा रहेर पनि मातृभूमि प्रतिको माया ममता संवेदना साथै सुधार र विकासका कार्यक्रम सञ्चालन गर्नका लागि संस्थागत रुपमा एकिकृत भई सहि नेपालीको पहिचान दिनको लागि हाम्रो यो अभियान गौरवशाली साथै ऐतिहासिक हो भन्ने हामीलाई लाग्दछ । हाम्रो विचारमा स्याङ्जावासीहरुको यो एउटा नौलो अभियान हो । हामी हाम्रा फुर्सदका समयको सहि सदुपयोग गर्नका खातिर जुटेकाछौं । यो अभियानलाई २ वर्षको एउटा महत्वपुर्ण उपलब्धिको रुपमा अक्षयकोषको निर्माण हुनेछ । 

दिर्घकालिन व्यवस्थापनका लागि स्याङ्जा जिल्लामा स्थानिय समाजसेवीहरुको सहभागितामा प्रवासमा कार्यरत स्याङ्जावासीहरुको सम्बन्ध निर्माण, सामुदायिक सुधार र सेवाका कार्यक्रम सञ्चालन गर्नका लागि स्याङ्जा अन्तराष्ट्रिय समन्वय समिति गठन भै व्यवस्थित परिचालनको मार्गमा हिडिरहेकोछ । हाम्रो यो अभियानलाई आजको मितिसम्म होष्टेमा हैंसे गर्नका लागि हातमा हात मिलाई नैतिक तथा आर्थिक सहयोग गर्ने सहयोगदाताहरु हाम्रो आभारीका पात्र हुनु हुन्छ । हामी उहाँहरु प्रति कृतज्ञता व्यक्त गर्दछौं र भावि दिनहरुमा यहाँहरुको सहयोग र सुझावको अपेक्षा गर्दछौं । 

अक्षयकोष स्थापना गर्न यस अभियानमा तपाईको सहयोग र सदभावलाई हामी गौरवपुर्ण साझेदारीका रुपमा सम्झिरहने छौं । यस महान यज्ञमा आहुति गरिने एकै मुठी चरुको पनि महत्व हुन्छ भने झैँ तपाईहरुबाट प्राप्त हुने जुनसुकै सहयोग पनि हाम्रा लागि उच्च महत्वको हुनेछ ।

यस संस्थाले लिएको उदेश्य र कार्यदिशा वमोजिम संस्था स्थापनाको परिकल्पनाकार तथा संस्थापक स्याङ्जा सहयोग समाज कतारबाट सुरु गरिएको अक्षयकोषलाई विश्वव्यापीकरण गरि सबै राष्ट्रिय समन्वय समितिले अनुभूति गर्ने गरि अक्षयकोष स्थापनाको निश्चित मापदण्ड र उदेश्य बमोजिम रु एक करोडको अक्षयकोष स्थापना गर्न गराउन संस्थाको उदेश्य बमोजिम गत माघ १५, २०७८ शनिवारका दिन बसेको संस्थाको पुर्ण बैठकको निर्णयबाट एकमतले पारित भै कार्यन्वयनको चरणमा रहेको कार्यक्रम हुँदा निम्नानुसार विवरणको अभिलेखिकरण रहने गरि सहयोग गर्दै सहभागी भैदिनु हुन सम्पुर्ण संस्था मातहतका सदस्य ज्यूहरु, जिल्ला तथा गैर जिल्लाबासी सबैमा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको तर्फबाट हार्दिक अपिल गरिन्छ ।

सहयोग संकलनको रणनिती:
विभिन्न प्रकारका रचनात्मक क्रियाकलापहरु जसमा संस्थाको नामंकित टिसर्ट बिक्री वितरण, भाग्यशाली चिट्ठा आयोजना, सांस्कृतिक कार्यक्रमहरु तथा संस्थाको नामंकित क्यालेण्डर छपाई तथा बिक्री बितरणबाट आर्थिक संकलन गरिनेछ । सहयोगि चन्दा दाताहरुबाट आर्थिक सहायता संकलन गरिनेछ । सहयोग संकलनका लागि विश्वभरि स्थापना भएका स्याङ्जा सहयोग समाज, राष्ट्रिय समन्वय समिति (एनसीसी) हरु, संस्थामा अबद्ध संरक्षकहरु, सल्लाहकारहरु, वर्तमान तथा पुर्व कार्यसमितिका पदाधिकारी र सदस्यहरु लगायत स्थापित स्याङ्जाली उद्योगी व्यवसायीहरु, गृह जिल्लामा समेत स्थानिय समाजसेवी तथा व्यवसायीबाट आर्थिक सहायोगका लागि आव्हान गरिनेछ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति स्याङ्जा, अक्षयकोष स्थापनार्थ सहयोग गर्ने दाताहरुलाई सार्वजनिक रुपमा सम्मान गर्ने प्रशंसनिय व्यवस्था गरिनेछ ।

१) संकलित रकमको विशिष्टिकरण सहयोग दाताको सम्मानको लागि प्राप्त रकम र सहयोगी व्यक्तिहरुको नामवली संस्थाको वेव पेज, फेसबुक वाल लगायत पत्रपत्रीका, रेडियो, टेलिभिजन जस्ता सञ्चार माध्यमबाट संप्रेषण गरिनेछ । 

२) अक्षयकोष व्यवस्थापनको लागि आवश्यक विनियम निर्माण गरिनेछ । कार्यलयमा हुने कृयाकलापहरुमा सहयोगदाताहरुको नामवली र सहयोग रकम सूचनापाटीमा सार्वजनिक रुपमा राखिनेछ ।
३) संस्था लगायत अक्षयकोषको स्मारिका प्रकाशन गरि सहयोगदाताको विवरण प्रकाशन गरिनेछ ।
४) पुरस्कार वितरण सम्मान कार्यक्रम लगायत सार्वजनिक सवालका विषयमा स्वदेश तथा विदेश स्थित आवश्यकता अनुसारका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
उल्लेखित सम्मानको मापदण्ड निम्नानुसार हुनेछन:
१.रु. २५,००० सम्म सहयोग गर्ने सहयोग दाताको विवरण संस्थाको कार्यलयमा अभिलेखिकरण गरी स्मारिकामा सहयोगीको पासपोर्ट साइजको फोटो तथा सम्मानपत्रले सम्मान गरिनेछ ।
२.रु. २५,००१ देखि ५०,००० सम्म सहयोग गर्ने सहयोगीको विवरण संस्थाको कार्यलयमा अभिलेखिकरण गरी सहयोगीको पासपोर्ट साइजको फोटो समेत कार्यलय र स्मारिकामा राखिने छ । यस्ता सहयोगिलाई फ्रेममा सम्मान पत्र र खादा द्वारा सम्मान गरिने छ ।
२.रु. ५०,००१ देखि १,००,००० सम्म सहयोग गर्ने सहयोगीको विवरण संस्थाको कार्यलयमा अभिलेखिकरण गरी सहयोगीको पासपोर्ट साइजको फोटो समेत कार्यलय र स्मारिकामा राखिने छ । यस्ता सहयोगिलाई चाँदि कलरको फ्रेममा सम्मान पत्र र खादा द्वारा सम्मान गरिने छ ।
३.रु.१,००,००१ देखी २,००,००० सम्म सहयोग गर्ने सहयोगीको विवरण संस्थाको नवनिर्मित भवनमा शिलालेखमा राखिने छ । कार्यलयमा सहयोगीको फोटो फ्रेममा राखिने छ भने ताम्रापत्र सम्मान पत्र एवं दोसल्ला ओडाएर सम्मान गरिनेछ ।

४.रु.२,००,००१ देखि ५,००,००० सम्म सहयोग गर्ने सहयोगीको विवरण शिलालेखमा अभिलेखिकरण गरी कार्यलयमा श्रीमान श्रीमतीको फोटो फ्रेममा राखिनेछ, ताम्रापत्र सम्मान पत्र एवं दोसल्ला ओडाएर सम्मान गरिनेछ । साथै यस्ता सहयोगीलाई अक्षयकोषबाट सञ्चालन गरिने सहयोगका कार्यक्रममा सुझाव सल्लाह साथ अक्षयकोष सञ्चालक समितिमा समावेश हुने अवसर प्रदान गरिने छ ।

५.रु. ५,००,००१ देखि १०,००,००० सम्म सहयोग गर्ने सहयोगीको विवरण नव निर्मित भवनमा शिलालेखमा राखिने छ । साथै संस्थागत वा पारिवारिक विवरण सहितको फोटो फ्रेममा राखिने छ । ताम्रापत्र सम्मान पत्र एवं दोसल्ला ओडाएर सम्मान गरिनेछ । साथै अक्षयकोष सञ्चालन तथा कार्यक्रम छनोटमा नेतृत्वदायी भुमिकाको अवसर प्रदान गरिनेछ ।

६.रु. १०,००,००० भन्दा माथी सहयोग गर्ने सहयोगीको विवरण शिलालेखमा राखिनेछ । कार्यलयमा संस्थागत वा पारिवारिक फोटो फ्रेम राखिनेछ । साथै ताम्रापत्र सम्मान पत्र दोसल्ला ओडाएर सम्मान गरिनेछ । साथै अक्षयकोष सञ्चालन तथा कार्यक्रम छनोटमा नेतृत्वदायी भुमिकाको अवसर प्रदान गर्नुका साथै यस्ता सहयोगीलाई संस्थाको नवनिर्मित भवनको शिलन्यास गर्ने महत्वपूर्ण अवसर प्रदान गरिनेछ ।
अक्षयकोष परिचालनबाट निम्न प्रकारका कार्यक्रमहरु संचालन गरिनेछः

१) अपाङ्ग, दिर्घरोगी, आर्थिक विपन्नता, एवम वैदेशिक रोजगारमा ज्यान गुमाउने तथा विभिन्न रोगबाट पीडामा परेकाहरुको लागि सहयोग ।
२) दैवि प्रकोप / प्राकृतिक विपत्तिबाट पिडितहरुको लागि आवश्यक सहयोग ।

३) असहाय बालबालिका तथा जेष्ठ नागरिक लाई सम्मान तथा सहयोगको कार्यक्रम । ( विशेषता जिल्ला भित्र तथा बाहिरका असहाय बालबालिका, जेष्ठ नागरिक एवं एकल महिलाहरुका लागि यथोचित सम्मान तथा बृद्धाश्रम वालगृह निर्माण तथा सञ्चालनका लागि सहयोग )

४) गरिब तथा जेहेन्दार सवीत्कृट विद्याथी पुरस्कार तथा छात्रवृत्ति सीप विकास, स्वरोजगार कार्यक्रममा सहयोग । (गृह जिल्लाका एसईई, उच्च माध्यमिक र विश्व विद्यालयका उत्कृष्ट विद्याथीहरुलाई पुरस्कार, छात्रवृत्ति तथा सम्मान कार्यक्रमका लागि सहयोग साथै सम्बन्धित निकायसगको सहकार्यमा विभिन्न सीप मुलक तालिम गोष्ठी आयोजना गरि स्वरोजगारमा प्रोत्साहन गर्ने )

५) जिल्लामा आयोजना हुने धर्म सांस्कृतिको बिकास खेलकुद स्वास्थ्य शिक्षा जस्ता कार्यक्रममा सम्बन्धीत निकाय सगको परामर्शमा सहयोग गर्ने ।

६) सार्वजानिक स्थलहरुमा प्रतिक्षालय, शौचालय निर्माण गर्नका लागि स्थानिय सरकारका निकायहरु जिल्ला विकास समिति, नगरपालिका, गाउँपालिका तथा स्थानिय आमा समुह, क्लव, सरकारी तथा गैरसरकारी संस्थाहरु र सहकारी संस्थाहरुसंग समन्वय गरि निर्माण तथा सुधारका कामहरु गरिनेछ ।

(७) वैदेशिक रोजगारमा जानेहरुका लागि पर्चा पम्प्लेट, सूचनाबोर्ड बनाउनुका साथै वैदेशिक रोजगारमा जानु अगाडी र गईसके पछाडी ध्यान दिनु पर्ने कुराहरुको विषयमा कार्यशालाको आयोजना तथा सूचनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

समिक्षा तथा मुल्याङ्कनः
१) संस्थाको कार्यसमितिको पाक्षिक रुपमा संस्थाको नियमिति बैठकहरुमा कार्यक्रमहरुको समिक्षा गरिनेछ ।
२) विश्वभर छरिएर रहेका स्याङ्जावासी तथा गृह जिल्लाका विशिष्ठ समाजसेवी तथा उद्योगी व्यवसायीहरुसँग सम्पर्क गरि सार्वजनिक कार्यक्रमको आयोजना गरि परामर्श तथा पृष्ठपोषण संकलन गरि सोको कार्यन्वयन गरिनेछ ।
३) कार्यक्रमको कार्यन्वयन र उपलब्धिको वारेमा पर्चा पम्प्लेट बनाउनुका साथै संस्थाको स्मारिकामा विशेष महत्वका साथ प्रकाशन गरिनेछ ।
अन्तमा यो अक्षयकोष स्थापना गर्ने अभियानको यस प्रयासमा हामीलाई सदा सहयोग गर्नुहुने र सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावहरुमा आभार प्रकट गर्दछौं । प्रस्तावित कार्यक्रम कुनै व्यक्तिगत स्वार्थ पुर्तिका लागि नभई खुल्ला तथा बृहत छाति भएका तपाई हामीमा सदा ईश्वरको प्रेरणा मिलोस, हामीलाई एक ढिक्का बनाई आगामी दिनमा यो भन्दा अझै उन्नत कार्ययोजनाको थालनी गर्ने शक्ति मिलोस भन्ने हार्दिक सुभेक्षा व्यक्त गर्दछौं ।
जय स्याङ्जा, जय मातृभूमी 

अक्षय कोषमा सहभागिता जनाउन यहाँ Click गर्नुहोस् l